प्रदेश नम्बर २ को फोरम अध्यक्षमा मन्त्री यादव
संघीय समाजवादी फोरम प्रदेश नम्बर २ को अध्यक्षमा प्रदेश नम्बर २ सरकारका आर्थिक मामिला तथा योजना मन्त्री विजय यादव निर्वाचित भएका छन् ।
फोरमको केन्द्रीय कोषाध्यक्षसमेत रहेका मन्त्री यादब सोमवार अबेर राति सम्पन्न अधिवेशनबाट प्रदेश अध्यक्षमा निर्वाचित भएका हुन् ।
विजय यादवले १ सय ८४ मत ल्याएर निर्वाचित भए। उनका निकटम प्रतिद्वन्द्वी केन्द्रिय उपाध्यक्ष रहेकी रेणु यादवले १ सय ४७ मत ल्याइन् ।
अध्यक्षका लागि सांसद अशोक यादवले उम्मेदवारी दिएका थिए ।
फोरमको नयाँ विधान अनुसार प्रदेशमा ५१ सदस्यीय समिति मध्ये ४१ जनाका लागि निर्वाचन भएको थियो । निर्वाचन समिति अनुसार २ सय जनाले प्रदेश सदस्यमा उम्मेदवारी दर्ता गराएका थिए ।
अध्यक्ष र सदस्यको निर्वाचन भएपछि समितिले ३ जना उपाध्यक्ष , १ जना महासचिव, १ जना सचिव र १ जना कोषाध्यक्ष सहित १० पदाधिकारी मनोनित गरिनेछ ।
प्रदेश समितिको निर्वाचनमा ४ सय ५ जना मतदाता सहभागि थिए ।