बहराइनमा कार्यरत नेपालीले पनि मनाए मजदुर दिवस
बिहीबार, १९ वैशाख २०७६, १३ : ५२
बहराइन–बहराइनमा कार्यरत नेपाली श्रमिकहरुले पनि मजदूर दिवस मनाएका छन् ।
नेपाल ट्रेड युनियन सप्रोट ग्रुप बहराइनको आयोजनामा भएको कार्यक्रममा बहराइन ट्रेड युनियनका जनरल सिक्रोटी हसनलगायतको सहभागिता रहेको थियो ।
कार्यक्रममा सहभागीहरुले नेपाल ट्रेड युनियन सप्रोट ग्रुपलाई शुभकामना दिँदै बहराइनमा कार्यरत नेपाली मजदुरहरुका समस्या समाधान गर्नमा आफूहरुको सहयोग रहने प्रतिबद्धता जनाए ।
साे अवसरमा नेपाल ट्रेड युनियन सप्रोट ग्रुप बहराइन अध्यक्ष युबराज केसीले संस्थाको कामकारबाहीको बारेमा जानकारी दिएका थिए ।
उक्त कार्यक्रम सचिव राजु पहारीले सन्चालन गरेका थिए भने ब्यस्थापन ग्रुपका सहसचीव रामु काफ्लेले गरेका थिए ।