मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

एनसेलले ल्यायो गीत सुन्न, गाउन र शेयर गर्न मिल्ने योण्डर म्युजिक एप

आइतबार, १४ जेठ २०७४, २१ : ४६
आइतबार, १४ जेठ २०७४

मोबाइल सेवा प्रदायक कम्पनी एनसेलले गीत–संगीतका पारखीहरुका लागि योण्डर म्युजिक एप नामक नयाँ डिजिटल प्लाटफर्म सार्वजनिक गरेको छ ।

यस एपको मद्दतले ग्राहकले अब धेरै भन्दा धेरै गीतहरु सुन्न तथा डाउनलोड गर्न सक्नेछन् । एनसेलले अमेरिका अवस्थित योण्डर म्युजिक इंकसँग सहकार्य गर्दै आफ्ना ग्राहकका लागि नेपालमा योण्डर म्युजिक एप ल्याएको हो ।

योण्डर म्युजिक एप सबै भन्दा धेरै नेपाली गीतहरु समावेश रहेको डिजिटल म्युजिक लाइब्रेरी रहेको कम्पनीले बताएको छ । एनसेलका ग्राहकले शुक्रबारबाट यो एप डाउनलोड गर्न सक्नेछन् ।

एनसेलका सबै प्रिपेड तथा पोस्टपेड ग्राहकले यो म्युजिक एप सजिलै आफ्नो मोबाइल फोनमा डाउनलोड गरी पुराना देखि हालका लोकप्रिय कुनै पनि विधाका नेपाली गीत तथा अन्तर्राष्ट्रिय गीत–संगीतहरुको अनलाइन तथा अफलाइन मजा लिन सक्ने एनसेलले जनाएको छ ।

यस योण्डर म्युजिक एप अन्तर्गत ग्राहक तथा प्रयोगकर्ताले विना कुनै विज्ञापन तथा सदस्यता शुल्क २ करोड भन्दा बढी नेपाली र अन्तर्राष्ट्रिय गीत–संगीतहरुको लाइब्रेरीमा पहुँच पाउनेछन् । यसरी सहजै आफुलाई मनपर्ने गीतहरु अनलाइन सुन्न तथा डाउनलोड गरी अफलाइन सुन्न सक्नेछन् । मोवाइल डेटा प्रयोग गरी गीत डाउनलोड गर्दा विद्यमान डेटा शुल्क लाग्ने एनसेलको भनाईछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप