मुक्त कमैया वस्तीमा ‘नमुना अध्ययन गृह’
कैलाली–प्रदेश नम्बर ७ को कैलालीस्थित लम्कीचुहा नगरपालिकाको मुक्त कमैया वस्तीमा ‘नमुना अध्ययन गृह’ नामक बाल गृहको उद्घाटन गरिएको छ ।
सो अध्ययन गृह कमैया वस्तीका १ देखि ५ वर्ष उमेर समूहका बालबालिकाका निमित्त स्थापना भएको हो ।
५ वर्षमुनिका स्कुल नजाने बालबालिकाहरुलाई स्कुल जाने बानी बसाल्न साथै अभिभावक काममा व्यस्त हुने भएकाले उनीहरुको उचित रेखदेख गर्नलाई अध्ययन गृह स्थापना गरिएको ‘नमुना अध्ययन गृह’का अध्यक्ष जनक सुनारले बताए ।
अध्ययन गृहको लागत १७ लाख १२ हजार २४ रुपैयाँ रहेको अध्यक्ष सुनारले जानकारी दिए । जसमा ११ लाख १२ हजार २४ रुपैयाँ विभिन्न संस्था र व्यक्तिबाट उठेको रकम हो भने कमैया वस्तीका अभिभावकहरुले ७ लाख बराबरको श्रमदान गरेका हुन् ।
हाल अमेरिकामा बस्ने कैलाली लम्कीचुहा नगरपालिकाका मदन कठायतको सहयोगमा १ लाखभन्दा बढीको लागतमा बालगृह परिसरमा सरस्वतीको मन्दिर स्थापना गरिएको छ।