छपक्कै ढाकियो भरतपुरको सडक गठबन्धनको विजयी र्यालीले (फोटोफिचर)
आइतबार, २२ साउन २०७४, १५ : ४६
चितवन । चितवनको भरतपुरमा माओवादी केन्द्रबाट मेयर र नेपाली काँग्रेसबाट उपमेयरमा जित दर्ता भएसँगै आइतबार विजय र्याली निकालिएको छ । भरतपुरको चौबिस कोठीबाट पुल्चोकसम्म नेपाली कांग्रेस र माओवादी केन्द्रका कार्यकर्ताहरुले विशाल र्याली गरेका हुन् ।
र्यालीमा नवनिर्वाचित महानगरपालिका प्रमुख रेणु दाहाल, उपप्रमुख पार्वती शाह सहित अन्य जनप्रतिनिधीहरुलाई अबिरजात्रासहित नगर परिक्रमा गराइएको हो ।
बिजय र्यालीलाई माओवादी केन्द्र र नेपाली कांग्रेसका नेताहरुले संबोधन गरेका छन् ।
कार्यक्रममा बोल्दै महानगर प्रमुख रेणु दाहालले जनताले दिएको अमुल्य मत खेर जान नदिने प्रतिबद्धता जनाइन् । अहिले केही बेर पछि जिल्ला समन्वय समितिको हलमा भरतपुर महानगरपालिकाका १ सय ४५ जनप्रतिनिधीहरुलाई सपथ ग्रहण गराउने कार्यक्रम रहेको छ ।