दुई महिनाकी छोरी हत्या गरेको आरोपमा आमा पक्राउ
गुल्मीको विरवास बाख्रेगाउँकी एक महिलाले आफ्नी दुई महिनाकी छोरी हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।
गुल्मीदरवार गाउँपालिका–४ साविक विरवास गाविसको बाख्रेकी ३५ वर्षीया जमुना विक छोरी हत्या गरेको मैखिक जाहेरीका आधारमा पक्राउ परेकी हुन ।
उनलाई मौखिक उजुरीकाका आधारमा गत राती नै पक्राउ गरि हिरासतमा राखिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रबक्ता डिएसपी मिनबहादु घलेले जानकारी दिए । ‘लिखित जाहेरी परिसकेको छै्रन,’ डिएसपी घलेले भने, ‘उनले छोरी हत्या गरे, नगरेको अनुसन्धान गर्न बाँकी छ , उनी हाम्रो नियन्त्रणमा छन् । ’
वडा नम्वर ४ बिरवासका वडा अध्यक्ष खुमबहादुर पल्लीका अनुसार ती महिलाले हिजो दिउँसोदेखि छोरी मार्ने प्रयास गर्दै गरेको स्थानीयले देखेका थिए । बिहीबार साँझ महिलाका श्रीमान् खुमबहादुर बिक छोरीलाई पिलाउने दुध लिन छिमेकमा गएको बेला छोरीको हत्या भएको उनको भनाई छ ।
खुमबहादुर घर फर्कदा छोरीलाई अचेत अवस्थामा भेटेका थिए । लगत्तै शिशुलाई स्थानीय एक क्लिनिकमा लगेर परिक्षण गर्दा मृत्त घोषणा गरिएको थियो । मृतक शिशुको कञ्चटमा निला डामहरु छन । शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल तम्घास ल्याइएको छ ।
विक दम्पत्तिको विवाह १५ वर्ष अघि भएको थियो । उनीहरुका ११ वर्षीय छोरा पनि रहेका छन् । ती छोरालाई पनि आमाले पटक–पटक आक्रमण गरिरहेकोले उनलाई बाबुले मावली घर राखेर पढाउँदै आइरहेको वडाअध्यक्ष पल्लीको भनाई छ ।
घटनाका सम्वन्धमा अनुसन्धान सकेपछि मात्र हत्या भएनभएको पुष्टि हुने डिएसपी घलेले जानकारी दिए ।