एमालेको बहिस्कारबीच भरतपुर महानगरपालिकाको सपथ ग्रहण
चितवन । नेकपा एमालेका निर्वाचित जनप्रनिधिको बहिस्कारबीच भरतपुर महानगरपालिकाको सपथ ग्रहण कार्यक्रम आयोजना गरिएको छ । सपथ ग्रहण कार्यक्रममा एमालेका निर्वाचित प्रतिनिधिहरु उपस्थित नभएपछि तीन बजे गर्ने भनेको सपथ ग्रहण कार्यक्रम ५ बजेपछि शुरु गरिएको हो।
जिल्ला समन्वय समितिको कार्यालयमा यतिबेला माओवादी केन्द्र र नेपाली काँग्रेसका जनप्रतिनिधिहरु मात्र रहेका छन् ।
मतपत्र च्यातिएको विवादपछि भरतपुर वडा नम्बर १९ मा साउन २० गते भएको पुनः मतदान पछि माओवादी केन्द्रकी रेणु दाहाल मेयर तथा उपमेयरमा नेपाली काँग्रेसकी पार्वती शाह विजयी भएकी थिइन् ।
भरतपुर वडा नम्बर १० बाट एमालेबाट निर्वाचित वडाअध्यक्ष अरुण भण्डारीले रातोपाटीसँग कुरा गर्दै भने, ‘धाँधली गरेर जितेका प्रमुख र उपप्रमुखसँग हाम्रा जनप्रतिनिधिले सँगै बसेर सपथ खान सक्दैनन् ।’
एमालेले भरतपुरमा १४ वटा स्थानीय तह जितेको छ जसमा एमालेका ९८ जनप्रतिनिधि निर्वाचित भएका छन् ।