सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

पूर्व एआईजीको घरमा चोरी गर्ने खुङखार डाँका तामाङमाथि प्रहरीले चलायो गोली

सोमबार, ०६ जेठ २०७६, ०८ : ३८
सोमबार, ०६ जेठ २०७६

काठमाडौँको टोखा नगरपालिकामा सोमबार बिहान गोली चलेको छ । काले भन्ने ३३ वर्षीय खुङखार डाँका विष्णु  तामाङलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले गोली चलाएको हो । 

तामाङले पछिल्लो समय ७ वटा ठूला चोरी काण्ड घटाएको आरोपमा अपराध महाशाखाको टोलीले नियन्त्रणमा लिन खोज्दा प्रहरीलाई हतियार देखाएको र उनलाई नियन्त्रणमा लिन प्रहरीले गोली चलाउन बाध्य भएको अपराध महाशाखाका प्रमुख एसएसपी सहकुल थापाले जानकारी दिए । 
 
सिन्धुपाल्चोक मेलम्ची घर भएका घुँडामूनी गोली लागेको  तामाङको हाल वीर अस्पतालमा उपचार भइरहेको उनले जानकारी दिए ।   

तामाङ पूर्व एआइजी जयबहादुर चन्द र पूर्व डिआइजी विश्वराज सिंह साहीको घरमा लुटपाट गरेको आरोपमा ६ वर्ष जेल सजाय भोगी २०७२ सालमा छुटेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुजन पन्त
सुजन पन्त

पन्त सुरक्षा/अपराध बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप