बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

आजको राशिफल

सोमबार, २३ साउन २०७४, ०५ : ५१
सोमबार, २३ साउन २०७४

बि.स.२०७४ साउन २३ गते । सोमबार । ईश्वी सन् २०१७ अगष्ट ०७ तारिख । नेपाल सम्बत् १९३७ । साधारण संवत्सर । दक्षिणायन । वर्षा ऋतु । श्रीशाके १९३९ । श्रावण शुक्ल पक्ष । तिथि पुर्णिमा,४४ घडी ०४ पला, बेलुका ११ बजेर ०८ मिनेट उप्रान्त प्रतिपदा । नक्षत्र श्रवण ५६ घडी ३० पला । योग आयुष्मान ३७ घडि ३३ पला,बेलुका ८ बजेर ३१ मिनेट उप्रान्त सौभाग्य  । करण भद्रा, बिहान १० बजेर ३८ मिनेट उप्रान्त वव,बेलुका ११ बजेर ०८ मिनेट उप्रान्त वालव । आनन्दादिमा सिद्धि योग । चन्द्रराशि  मकर । पूर्णिमा व्रत । पशुपतिनाथ, कुम्भेश्वर,गोसाईकुण्ड, दुधकुण्ड, आदि तिर्धस्थलहरुमा धार्मिक मेला । राति खण्डग्रास चन्द्रग्रहण । 

काठमाडौंमा सूर्योदय ०५ बजेर ३१ मिनेट, सूर्यास्त बेलुका ०६ बजेर ४७ मिनेट जादा । दिनमान ३३ घडी ११ पला ।

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) जिम्मेवारि बहन गर्ने सवालमा सहकर्मीहरु सँग बिवाद बढ्ने योग रहेकोछ भने कार्यक्षेत्रमा आफ्नै भन्नेहरुले फराउँन सक्छन् ध्यान दिनुहोला । राज्यसँग नजिक रहेर गरिने कुनै पनि काम गर्दा ख्याल गर्नुहोला जरिवाना तथा दण्ड तिर्नु पर्ने हुँन सक्छ । व्यापार व्यावसायमा समय लगानि गरे अनुशार फाईदा न्यून हुँनेछ । माया प्रेममा आत्मियताको कमि हुँनेछ भने घर परिवारमा मनमुटावको अवस्था सिर्जना हुँनेछ । पढाई लेखाईमा मन जाने छैन ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) समय तपाईकै पक्षमा रहने हुँनाले सानो प्रयत्नले ठुलो काम बन्नेछ । राज्यमा सम्मानजनक उपस्थिति रहनेछ भने मानसम्मानमा बृद्धि भएर जानेछ । व्यापार व्यावसाय फस्टाएर जाने हुँनाले आर्थिक आवस्था सुदृड रहनेछ । खोजमुलक क्षेत्रमा मन जाने हुँनाले महत्वपुर्ण उपलब्धि हासिल गर्न सकिनेछ । माया प्रेममा रमाउँन चाहनेहरुका लागि दिनले साथ दिने तथा सँग सँगै रमाईलो यात्राको तय गर्न सकिनेछ । धार्मिक तथा शैक्षिक यात्राको प्रशस्त सम्भावना रहेकोछ ।

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) कुनै पनि काम गर्दा ध्यान दिनुहोला बिवादमा फस्ने योग रहेकोछ । माया प्रेममा अबिश्वास बढ्नेछ भने घर परिवार वा पति पत्निबिच मनमुटाव सिर्जना हुँनेछ । व्यापार व्यावसायमा लगानि गरि आम्दानि गर्न निकै समय खर्चनु पर्नेछ भने बैक तथा बित्तिय क्षेत्रमा गरिएको लागनिबाट भने सन्तोषजनक नाँफा कमाउँन सकिनेछ । भौतिम सम्पति तथा सवारि साधन र पानि सँग सम्बन्धित काम गर्दा ध्यान दिनुहोला अप्रिय घट्न नघट्ला भन्न सकिन्न ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) लामो दुरिको व्यावसायिक यात्राको प्रशस्त सम्भावना रहेकोछ भने व्यापार व्यावसाय फस्टाएर जाने हुँनाले आर्थिक व्याबस्थापनमा मुद्दाहरु सजिलै हल गर्न सकिनेछ । माया प्रेममा एक अर्काबिच नजिक हुँने समय रहेकोछ भने नयाँ ठाउँबाट प्रेम प्रस्ताब आउँनेछ । बिभिन्न किसिमका भौतिक सम्पति तथा बिलाशि बस्तुहरु लाभ हुँने समय रहेकोछ । पढाई लेखाईमा अरुदिन भन्दा सुधार गरि नतिजा आफैतिर ल्याउँन सकिने हुँनाले खुसिले उचाई नाघ्नेछ ।

सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) मामा तथा मावलि पक्षसँग सामान्य कुरामा मनमुटाव बढ्ने तथा नचाहादा नचाहादै छुट्टिनु पर्ने बाध्यता आउँनेछ । कुनै पनि बिवादित बिषय तथा बादबिवादमा भाग नलिनुनै राम्रो रहेकोछ त्यस्ता बिषय आज फत्ते हुँने छैनन् । माया प्रेममा एक अर्कालाई शंकाको दृष्टिले हेर्दा समस्या उत्पन्न हुँनेछ । व्यापार व्यावसायमा प्रशस्त समय दिएपनि भनेजस्तो उपलब्धि हासिल गर्न सकिने छैन । न्यायिक निर्णयहरु तपाईको बिपक्षमा फैसला हुँने हुँदा मानशिक तनाब बढ्नेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) पढाई लेखाईमा उत्कृष्ट नतिजाका साथ सम्मानित हुँने योग रहेकोछ भने शिक्षा क्षेत्रसँग सम्बन्धित कामहरुबाट मनग्गे धन आर्जन गर्न सकिनेछ । शेयर बजार तथा सट्टाको व्यावसायबाट भनेजस्तो आम्दानि गर्न सकिनेछ । बंश बृद्धिको गतिलो  योग रहेकोछ भने सन्तानको प्रगतिमा मन प्रफुल्लित हुँनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ भने बैवाहिक बन्धनमा बाधिन साईत जुराउँन सकिनेछ । भौतिक सम्पति तथा सवारि साधनको गतिलो सम्भावना रहेकोछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) राजनिति तथा समाजसेवामा काम गर्दा सन्तुलित भएर काम गर्नु होला सबैको चित्त बुझाउँन नसक्दा आलोचनाको शिकार हुँनुपर्नेछ । आमा तथा आफन्तबाट टाडिएर परदेशको यात्रा गर्नुपर्दा मनमा एक किसिमको निराषा पैदा हुँनेछ । व्यापार व्यावसायमा नाँफा कमाउँन निकैनै समय दिनु पर्नेछ भने कृषि, सहकारि तथा पशुपालन व्यावसायबाट भनेजस्तो आम्दानि गर्न सकिनेछ । खोज तथा अनुशन्धानको क्षेत्रमा लगानि गरि नतिजा आफैतिर ल्याउँन सकिनेछ ।

बृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) दाजुभाई तथा छिमेकिसँग मिलेर गरिने व्यापार व्यावसायमा मनमुटाब सिर्जना हुँने योग रहेकोले सचेत रहनुहोला । अदालत तथा न्यालयबाट हुँने व्यायिक निर्णयहरु तपाईको बिपक्षमा फैसला हुँनेछन् भने यात्रा गर्दा ध्यान दिनुहोला गन्तब्यमा पुग्नु अगाबै स्वास्थ्य सम्बन्धि समस्या आउँन सक्छ । माया प्रेममा धोका हुँनेछ भने भर परिवारमा घरायसि कुरामा आफन्त सँगै बिवाद बढ्ने योग रहेकोछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) आम्दानिका स्रोतहरु जुट्नुको साथै भावि दिनहरुमा आम्दानि भईरहने व्यापार व्यावसाय शुरु गर्न सकिनेछ । बोलिको प्रभाव बढ्ने हुँनाले बोलेरै बिशिष्ट मानिसहरुलाई प्रभावित गर्न सकिनेछ । पारिवारिक माहोलमा जमघट भई स्वादिष्ट भोजन गर्ने अवसर प्राप्त हुँनेछ । प्रेम प्रशङमा रमाउँन चाहनेहरुका लागि समयले साथ दिनेछ भने दाम्पत्य जीवन सौहार्दपुर्ण बाताबरणमा बित्नेछ । अध्यानमा मन जानेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) आत्मबल कमजोर भएको महशुष हुँनेछ भने कामहरु समयमा सम्पादन गर्न सकिने अवस्था रहनेछैन । व्यापार व्यावसायमा लगानि गर्नको लागि केहि समय पर्खनुनै उचित हुँनेछ । बिलाशि बस्तुको प्रयोग तथा परिचालन गर्दा ख्याल गर्नुहोला नराम्रा घट्ना नहोला भन्न सकिन्न । माया प्रेममा अबिश्वास बढ्ने योग रहेकोछ भने आफ्नै भन्नेहरुसँग मनमुटाब बढ्नेछ । राजनिति तथा समाजसेवामा जनताको आलोचनात्मक समर्थन प्राप्त हुँनेछ ।

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा) खानपानमा ध्यान दिनुहोला स्वास्थ्य कमजोर भएको महशुष हुँनेछ । कामहरु बिग्रनेछन् भने मान सम्मानमा आघात पुग्नेछ । व्यापार व्यावसायमा लगानि गरि नाँफा कमाउँन केहि दिन कुर्नु पर्नेछ भने बिदेशि सामानको व्यापार व्यावसाय फस्टाएर जानेछ । लामो दुरिको अध्ययन तथा कर्म प्राप्तिको लागि देश बिदेशको यात्रा गर्न सकिनेछ । माया प्रेममा अबिश्वास बढ्ने योग रहेकोछ ख्याल गर्नुहोला ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)  सरकार स्रोतको प्रयोग तथा परिचालन गरि भनेजस्तो नतिजा हात पार्न सकिनेछ । व्यापार व्यावसाय फस्टाएर जानेछ भने आम्दानिका स्रोतहरु फराकिला हुँनेछन् । माया प्रेममा एक अर्काबिच नजिक हुँने समय रहेकोछ भने दाम्पत्य जीवन खुसाल रहनेछ । चाहेको बस्तु तथा ईच्छित चाहनाहरु पुरा हुँनाले मन प्रशन्न रहनेछ । दाजुभाईको सहयोगले महत्वपुर्ण काम गर्न सकिनेछ भने सामान्य स्वास्थ्य सम्बन्धि समस्या आउँने योग रहेकोछ । 

तपाईको दिन शुभ रहोस् । 

ज्योतिषि डिपि भण्डारी

ज्योतिष परामर्ष सेवा केन्द्र

काठमाडौ

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ज्योतिषि डीपी भण्डारी
ज्योतिषि डीपी भण्डारी

ज्योतिष परामर्ष सेवा केन्द्र, काठमाडौं

लेखकबाट थप