सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

भोजपुरमा प्रहरीसँगको भिडन्तमा घाइते विप्लवका कार्यकर्ताको मृत्यु

बुधबार, ०८ जेठ २०७६, ०९ : १८
बुधबार, ०८ जेठ २०७६

काठमाडौं– भोजपुरमा प्रहरी र नेत्र विक्रम चन्द ‘विप्लव’ समूहका कार्यकर्ताबीच गोली हानाहान हुँदा एक जनाको मृत्यु भएको छ ।  

भोजपुरको ट्याम्के मैयुम गाउँपालिका–१ स्थित मैयुमडाँडास्थित जङ्गलमा प्रहरी र विप्लव समूहका कार्यकर्ताबीच मंगलबार राती गोली हानाहान भएको हो ।

मारिनेमा विप्लव कार्यकर्ता भोजपुरका ३२ वर्षीय तिर्थराज घिमिरे रहेका छन् ।

जङ्गलमा थुपै्र हतियारधारी समूह लुकेको भन्ने सूचनाका आधारमा प्रहरीले सो क्षेत्रमा अप्रेशन चलाएको थियो । 

प्रहरीका अनुसार जङ्गलमा पुगेको प्रहरी टोलीमाथि गोली प्रहार भएपछि प्रहरीले जवाफी फायर गरेको थियो ।

जवाफी फायरका क्रममा घिमिरे घाइते भएका थिए । 

घाइते बनेका घिमिरेलाई प्रहरीले नियन्त्रणमा लिएर अस्पतालमा उपचार गराउने क्रममा आज बिहान ६ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका भोजपुरका प्रहरी निरिक्षक प्रनव कुमार राजवंशीले रातोपाटीलाई बताए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुजन पन्त
सुजन पन्त

पन्त सुरक्षा/अपराध बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप