मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

के एल दुगड समूहको नयाँ प्रिमियम लिटो बजारमा

आइतबार, १४ जेठ २०७४, २२ : १२
आइतबार, १४ जेठ २०७४

लोकप्रिय ब्राण्ड ज्ञान चक्की आटाका उत्पादक के एल दुगड ग्रुपले मेज आटा (मकैको आटा) मेज ग्रिट (मकैको च्याख्ला) तथा ज्ञान प्रिमियम लिटो बजारमा ल्याएको छ ।

उत्पादनहरु मुख्य डिपार्टमेन्ट स्टोरहरुका साथसाथै स्थानीय पसलहरुमा ५ केजी र २ केजी प्याकमा उपलब्ध रहेको जनाएको छ ।
ज्ञान मेज आटा उत्कृष्ट कृषि फार्महबाट छानेर ल्याईएको पहेँलो र सेतो मकैको दानाबाट बनेको जनाइएको छ । उच्च कोटिको उत्पादन यूनिटमा प्रोसेसिङ् गरेर तयार पारेको जनाइएको छ । खाद्य प्रविधिका निकै अनुभवी र दक्ष विशेषज्ञहरुले विभिन्न तरिकाले यसको स्वाद र गुणस्तरको मापन परिक्षण गरि उपभोगको लागि योग्य रहेको वताइएको छ ।

ज्ञान मेज ग्रिट उत्कृष्ट मकैबाट निकै स्वस्थ्य वातावरणमा उच्च स्तरीय उत्पादन यूनिटमा तयार गरिएको जनाइएको छ । ज्ञान प्रिमियम लिटो ठोस सुदृढ पदार्थको रुपमा पहिले नै पकाईएको गहुँ, चामल, भटमासको समिश्रणबाट उत्पादन गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप