मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

सामसुङ ग्यालेक्सी ‘जे ७ म्याक्स’ नेपाली बजारमा

सोमबार, २३ साउन २०७४, १८ : ३३
सोमबार, २३ साउन २०७४

काठमाडौं – सामसुङ इलेक्ट्रोनिक्सले हालै सामसुङ ग्यालेक्सी ‘जे ७ म्याक्स’ मोबाइल नेपाली बजारमा भित्र्याएको छ । नेपालमा सर्वाधिक रुचाइएको स्मार्ट फोन जे सिरिजमा उत्कृष्ट विशेषता रहेको जनाइएको छ । 


यसमा फिङ्गर प्रिन्ट सेन्सर र फेस रिकग्निसन, उच्च कार्यक्षमताका लागि ४ जिबी र्याम तथा ३२ जिबी मेमोरि रहेको कम्पनीले जनाएको छ । आइएमबिज सामसुङ नेपालका प्रमुख पं्रणय रत्न स्थापितले मध्यमस्तरको स्मार्ट फोन बजारमा सामसुङ जे सिरिजले अग्रता लिंदै आएको बताए । सामसुङ कम्पनीले उपभोक्ताको मागलाई वुझ्ने गरेको उनले वताए । 
यसमा १३ मेगाफिक्चल फ्रन्ट क्यामरा र फ्ल्यास रहेको छ ।  जसमा एफ १.९ को लेन्स लगाइएको र ब्याकक्यामरामा एफ १.७ लेन्सको साथै फ्ल्यास पनि रहेको जनाइएको छ । 


हालको अफर अन्तर्गत २८ हजा २ सय ९० रुपैयाँमा खरिद गर्न सकिने र कालो र सुनौलो रंगमा उपलब्ध रहेको कम्पनीले जनाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप