मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

कि तानाशाह जन्मिन्छ कि जनविद्रोह हुन्छ

शुक्रबार, ०२ असार २०७४, १८ : १८
शुक्रबार, ०२ असार २०७४

'कतै गरेको कबुलियतनामाअनुसार चुनाव सारियो'

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राजपाको मागअनुसार नभइ कतै गरेको कबुलियतनामा अनुसार सरकारले चुनाव सारेको आरोप लगाएका छन् ।

प्रगतिशील ब्यवसायिक वकिल एशोशिएसन (पीपीएलए) ले शुक्रबार राजधानीमा गरेको भेटघाट तथा छलफल कार्यक्रममा ओलीले राजपाले चुनावमा भाग लिने अवस्था आएपछि चुनाव सारिएको पनि आरोप लगाए । उनले चुनाव गराउनुपर्यो भन्ने नाममा सरकारले नै हिमाल, पहाड, तराईमा विखण्डन ल्याउन खोजेको आरोप पनि लगाए । 

कि तानाशाह कि जनविद्रोह 

एमाले अध्यक्ष ओलीले अहिलेकै अवस्था रहिरहेका जनविद्रोह हुने चेतावनी दिए । सरकार तानाशाही ढंगले अघि बढ्दै गएमा जनविद्रोह हुने चेतावनी दिए पनि ओलीले जनविद्रोहको नेतृत्व कसले गर्छ भन्ने खुलाएनन् । ‘सरकार तानाशाही ढंगले चलिरहेको छ’, ओलीले भने, ‘कि तानाशाह जन्मिन्छ कि जनविद्रोह हुन्छ ।’ राज्यका निकायलाई कमजोर बनाएर सरकार तानाशाहीकरणतर्फ गइरहेको ओलीको आरोप थियो । 

महान्यायाधीवक्ताको खल्तीमा माओवादीको नारा

एमाले अध्यक्ष ओलीले महान्यायाधीवक्ता खल्तीमा माओवादीको नारा हुने गरेको भन्दै आलोचना गरे । बारबाट न्यायको कुनै अपेक्षा नभएको भन्दै ओलीले महान्यायाधीवक्तामाथि राजनीतिक पार्टीका कार्यकर्ता भएको आरोप लगाए ।

राजाले कुकुर मारेर खाएको कथासमेत सुनाउन भ्याएका ओलीले भरतपुर महानगरपालिकाको वडा नम्बर १९ मा पुनः मतदान गर्ने निर्वाचन आयोगको निर्णयको पनि विरोध गर्न छाडेनन् । सत्ताको दुरुपयोग गर्दै ओलीले काँग्रेस–माओवादी गठबन्धन सरकारले न्यायको हुर्मत लिएको पनि टिप्पणी गरेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कृष्ण गिरी
कृष्ण गिरी

कृष्ण गिरी रातोपाटीका लागि राजनीति क्षेत्रको रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप