बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

आजको राशिफल

मङ्गलबार, २४ साउन २०७४, ०५ : २३
मङ्गलबार, २४ साउन २०७४

बि.स.२०७४ साउन २४ गते । मंगलबार । ईश्वी सन् २०१७ अगष्ट ०८ तारिख । नेपाल सम्बत् १९३७ । साधारण संवत्सर । दक्षिणायन । वर्षा ऋतु । श्रीशाके १९३९ । भाद्र कृष्ण पक्ष । तिथि प्रतिपदा,४५ घडी ३९ पला, बेलुका ११ बजेर ४७ मिनेट उप्रान्त द्धितिया । नक्षत्र धनिष्ठा ५९ घडी ३० पला । योग सौभाग्य ३६ घडि २९ पला,बेलुका ८ बजेर ०७ मिनेट उप्रान्त शोभन । करण वालव, बिहान ११ बजेर ३१ मिनेट उप्रान्त कौलव,बेलुका ११ बजेर ४७ मिनेट उप्रान्त तैतिल । आनन्दादिमा उत्पात योग । चन्द्रराशि मकर बेलुका ४ बजेर ४७ मिनेट उप्रान्त कुम्भ । गाईजात्रा(सापारु) । विश्व भुसंरक्षण दिवस ।

काठमाडौंमा सूर्योदय ०५ बजेर ३१ मिनेट, सूर्यास्त बेलुका ०६ बजेर ४७ मिनेट जादा । दिनमान ३३ घडी ०७ पला ।

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) राजतिति तथा समाजसेवामा जनताको आलोचना सहनु  पर्नेछ भने कार्यक्षेत्रमा तपाईको निर्णयको आलोचना हुँन सक्छ ध्यान दिनुहोला । बौद्धिक तथा आफुभन्दा ठुला ब्याक्तिहरु सँग सैदान्तिक बिषयमा राय बाजिनेछ । व्यापार व्यावसायमा घाटा लाग्ने योग रहेकोले लगानि नबढाउँनु नै उचित होला । अध्ययन अध्यापनमा मन नजाने हुँनाले अरुभन्दा पछि परिने निश्चित जस्तै छ । प्रेम प्रसङगमा एक अर्कालाई शंकाको दृष्टिले हेर्दा मनमुटाव सिर्जना हुँनेछ । 

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) आफन्त तथा शुभचिन्तको साथ सहयोग रहने हुँनाले नयाँ योजना बनाई लागु गर्न सहज हुँनेछ । पुराना बाकि रहेका कामहरुलाई केहि समय दिएर फत्ते गर्न सकिनेछ । पदिय दायित्व बढ्नेछ भने कार्यक्षेत्रमा तपाईले गरेको निर्णयलाई सबैले सम्मान गर्नेछन् । खोज तथा अनुशन्धानको क्षेत्रमा भनेजस्तो नतिजा हात पार्न सकिनेछ । व्यापारमा आम्दानि बढ्नेछ । धर्म कर्ममा मन जानेछ भने शैक्षिक तथा धार्मिक यात्राको प्रशस्त सम्भावना रहेकोछ । 

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) आफन्त तथा शुभचिन्तक हरुनै तपाईको काम बिगार्न तथा तपाईलाई फसाउँन लागि पर्नेछन् । व्यापारमा लगानि गर्न केहि समय पर्खनुहोला घाटा लाग्ने योग रहेकोछ । बाहिरि वातावरणमा घुममेल हुन नसक्दा स्वास्थ्यमा समस्या देखा पर्नेछ । ऋण तथा संकटको सामना गर्नुपर्दा मानशिक तनाब बढ्नेछ । साझपख लामो दुरिको धार्मिक प्रतिष्ठान तथा मन्दिर तिरको यात्रा गर्न सकिनेछ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) माया प्रेमको बन्धन कसिलो हुँनुको साथै पति पत्निबिचको सम्बन्धमा थप सुमधुरता बढेर जानेछ । भौतिक सम्पति तथा उपाहार प्राप्तिको योग रहेकोछ । पारिवारिक माहोल तथा शुभ मांगलिक कार्यमा सहभागि भई मिष्टान्न भोजन ग्रहण गर्ने अवरि प्राप्त हुँनेछ । एकल तथा साझेदारि व्यावसायमा लगानि गरि प्रशस्त आम्दानि गर्न सकिनेछ । पढाई लेखाईमा थोरै समय दिदापनि उत्कृष्ट नतिजा हात लाग्नेछ । बेलुकिपख साना तिना घरेलु समस्याले सताउँनेछ ।

सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) सत्रु लाग्नेछन् भने तथा न्यायिक निर्णहरु तपाईको पक्षमा नहुँने हुँनाले मुद्दा मामिलामा सामेल नहुँनु होला । बिद्या तथा प्रतिश्पर्धामा अरुभन्दा पछि परिने हुँदा नतिजा अरुकै पोल्टोमा पर्नेछ । स्वास्थ सम्बन्धि समस्या आउँने हुँदा दैनिक कामकाज प्रभावित हुँनेछ । व्यापार व्यावसायमा घाटा लाग्ने हुँनाले लगानि बढाउन केहि समय पर्खनु होला । साझपख व्यावसायिक यात्रा हुँने भएपनि गन्तब्यमा पुग्नको लागि दुख कष्ट बेहोर्नु पर्नेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) पढाई लेखाईमा सुधार भएर जानेछ भने बौद्धिक यात्रामा तपाईको जित सुनिस्चित छ । उपाहार प्राप्त हुँने तथा आकस्मिक धन तथा सम्पति लाभ हुँने योग रहेकोछ । माया प्रेम गर्ने जोडिहरुका लागि आजको दिन आफ्नो मायालुलाई आफ्नै आखा अगाडि देख्न पाउँदा मन प्रशन्न हुँनेछ । सम्मानित काम गर्दै सबैको मन जित्ने अवसर प्रात्त हुँनेछ । बेलुकिपख समय त्यति राम्रो नभएकोले कुनैपनि काम गर्दा ध्यान दिनुहोला ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) घर जग्गा तथा सवारि साधनको कारोबार गर्दा ध्यान दिनुहोला बिचौलियाहरुले फसाउँन सक्छन् । कृषि तथा पशुपालन व्यावसायमा लगानि गरि आम्दानिका स्रोत बढाउँन सकिनेछ । सामाजिक काममा समय खर्चिय पनि जनताबाट भनेजस्तो समर्थन पाउँन मुस्किल रहेकोछ । आमा तथा आफन्तसँग छुट्टिएर टाडाको यात्रा गर्नुपर्दा मन खिन्न हुँनेछ । सामान्य स्वास्थ्य सम्बन्धि समस्या आउँन सक्छ ध्यान दिनुहोला । साझपख पढाई लेखाईमा सुधार भएर जानेछ भने अन्य क्षेत्रमा पनि सुधारको संकेत देखा पर्नेछ ।

बृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) दाजुभाई तथा छिमेकिसँग सामान्य कुरामा मनमुटाव सिर्जना हुँनेछ । छोटो यात्रा हुँने भएपनि यात्राका क्रममा बिभिन्न बाधा अवरोधहरुको सामना गर्नुपर्नेछ । न्यालयबाट हुँने न्यायिक निर्णयहरु तपाईको पक्षमा नहुँने हुँनाले आज मुद्दा मामिलामा सामेल नहुँनुहोला । माया प्रेममा धोका तथा बिश्वास घात हुँन सक्छ ध्यान दिनुहोला । उद्योग तथा व्यावसायमा लगानि गर्नको लागि केहि समय पर्ख हेरको रणनिति अपनाउँनु पर्नेछ । 

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) व्यापार व्यावसायमा बढोत्तरिको योग रहेकोछ भने आम्दानिका स्रोतहरु फराकिला हुँनेछन् । अध्ययन अध्यापनमा मन जाने हुँनाले नतिजा आफ्नै पोल्टोमा पार्न सकिनेछ । पारिवारिक जमघटमा सहभागि भई मिष्टान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुँनेछ । आफन्त तथा कुटुम्बहरुको सहयोग तथा समर्थन रहने हुँनाले नौलो प्रकृतिको काम गर्न जागर चल्नेछ । माया प्रेममा रमाउँन चाहनेहरुका लागि समय उत्तम रहेकोछ भने थोरै बोलेर प्रशस्त रुपैया पैसा कमाउँन सकिनेछ ।

 मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) राजनिति तथा समाजसेवमा जनताको साथ तथा समर्थन रहनेछ भने मान सम्मान तथा ईज्जत प्रतिष्ठामा बृद्धि भएर जानेछ । सुन्दर तथा बिलाशि बस्तुहरुको प्रयोग मार्फत अरुको मन आफुतिर आकर्सित गर्न सकिनेछ । नयाँ योजना बनाई महत्वकाक्षी योजना सार्वजनिक गरे नाम तथा दाम दुवै कमाउँन सकिनेछ । माया प्रेममा सामिप्यता तथा सुमधुरता बढेर जानेछ । अध्ययन तथा अध्यापनमा मन जानेछ भने अरुभन्दा अग्र पंत्तिमा तपाईको नाम आउँनेछ ।

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा) स्वास्थ्यमा समस्या आउँने तथा औषधि उपचार खर्च बढेर जानेछ । शरिरमा आलश्यता तथा अल्छिपना बढेर जानेछ भने मनोबल कमजोर हुँनाले बाहिरि तत्वहरुले प्रलोभन देखाएर फसाउँन सक्छन् ध्यान दिनुहोला । आफन्त तथा अग्रजहरुको सुझाबलाई बेवास्ता गर्दा दुख पाईनेछ । लामो दुरिको बिदेश यात्राको योग रहेकोछ भने बिदेशमा उत्पादिन सामानको व्यापार व्यावसाय फस्टाएर जानेछ । साझपख समय राम्रो रहेकोले अध्ययनमा सुधार भएर जानेछ भने प्रतिष्ठित काम गर्ने अवसर आउँने हुँनाले मान सम्मानमा बृद्धि भएर जानेछ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)  व्यापार व्यावसायबाट मनग्ने आम्दानि हुँनेछ भने आम्दानिका नयाँ नयाँ स्रोतहरु पहिल्याउँन सकिनेछ । बिभिन्न अवसरले पछ्याउँने तथा रोजगारि पाउँने समय रहेकोछ । भौतिक तथा भोगबिलासका सामानहरु प्राप्त हुँनेछन् । दाम्पत्य सम्बन्ध सुमधुर बन्नेछ भने प्रेम सम्बन्धले बिवाहरुपि निकास पाउँने योग रहेकोछ । अध्यनमा प्रगति हुँनेछ भने बिद्यार्थि वर्गका लागि आजको दिन फलदायि रहनेछ । साझपख लामो दुरिको बिदेश यात्राको अधिक सम्भावना रहेकोछ भने सामान्य स्वास्थ्य सम्बन्धि आउँन सक्छ ध्यान दिनुहोला ।

तपाईको दिन शुभ रहोस् । 

ज्योतिषि डिपि भण्डारी

ज्योतिष परामर्ष सेवा केन्द्र

काठमाडौ

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ज्योतिषि डीपी भण्डारी
ज्योतिषि डीपी भण्डारी

ज्योतिष परामर्ष सेवा केन्द्र, काठमाडौं

लेखकबाट थप