मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

यसवर्षको राष्ट्रिय धान दिवस बर्दियामा मनाइने

बुधबार, ११ असार २०७६, १६ : ३२
बुधबार, ११ असार २०७६

ललितपुर । सरकारले यस वर्षको धान दिवस वर्दियामा मनाउने भएको छ । 

बुधबार राजधानीमा पत्रकार सम्मेलन गर्दै कृषि विभागले १६औं राट्रिय धान दिवस वर्दियाको राजापुर नगरपालिका–८, धोविनीपुरमा मनाउन लागेको जानकारी दिएको हो ।

विगतका वर्षहरुमा उपत्यका भित्रका जिल्लाहरु मात्रै मनाउँदै आएको धान दिवस यस पटक उपत्यका बाहिर मनाउन लागिएको हो । 

‘धान खेतीमा प्रविधि र यान्त्रिकीकरण, चामल आयातमा न्यूनीकरण’ यस वर्ष धान दिवसको मूल नारा रहेको छ । 

यसै अवसर पारेर विभागले धानको उत्पादन वृद्धि गरी धान बालीलाई राष्ट्रिय समृद्धि हासिल गर्नका लागि सहयोगी क्षेत्रको रुपमा स्थापित गर्न सम्पूर्ण सरोकारवालाहरु एकजुट होऔं, आतेमालो गरौं भन्ने अपील गर्दै सो नारा उठाइएको बताएको छ । 

धान दिवस समारोहका लागि विभागले विभागका निवर्तमान महानिर्देशक डा.रेवती रमण पौडेको नेतृत्वमा ‘सोह्रौ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मूल समिति, २०७६’ समेत बनाएको छ । 

समितिले धान दिवस समारोहको सबै तयारी तथा प्रक्रियाहरु पुरा गरि सकिएको जानकारी दिएको छ ।  

विभागले २०६० सालदेखि प्रत्येक वर्ष असार १५ गते धान दिवस मनाउँदै आएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप