यस्तो छ नेकपाको प्रकाशित हुन अड्किएको राजनीतिक प्रतिवेदन (संशोधित पूर्ण पाठसहित)
बिहीबार, १२ असार २०७६, १२ : ०८
काठमाडौं । नेकपाको राजनीतिक र वैचारिक दृष्टिकोणलाई प्रष्ट पार्ने राजनीतिक प्रतिवेदन अझै पनि प्रकाशित हुन सकेको छैन ।
नेकपाका अध्यक्षद्वयलाई अन्तिम टुंगो लगाउने जिम्मा दिइएको सो राजनीतिक प्रतिवेदनमा प्रयुक्त शब्दावलीहरुमा नेकपाका अध्यक्ष द्वयमध्ये प्रधानमन्त्री समेत रहेका केपी ओलीलाई चित्त नबुझेका थुप्रै बुँदाहरु रहेको र सोही कारण नै प्रकाशित हुन ढिलाइ भइरहेको कुरा सार्वजनिक भइसकेको छ ।
२०७५ जेठ ३ गते निर्वाचन आयोगमा बुझाइसमेत सकिएको नेकपाको सो प्रतिवेदनमा आखिरमा छ चाहिँ के ? प्रस्तुत छः सोही प्रतिवेदनको पूर्ण पाठ ।
स्मरण रहोस्, यो प्रतिवेदन निर्वाचन आयोगमा बुझाइएको प्रतिवेदनमा थपघट संशोधन भइसकेको प्रतिवेदनको पाठ हो यद्यपि यो आफैंमा अध्यक्षद्वयमा अन्तिम मतैक्यता भई प्रकाशनको लागि तयार भइसकेको प्रतिवेदन चाहिँ होइन ।