सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

पार्टी फुटपछि  थापा र राणाबीच केन्द्रीय सदस्य र सांसद तानातान

बुधबार, २५ साउन २०७४, १६ : ४०
बुधबार, २५ साउन २०७४

काठमाडौं– नेताहरुको व्यक्तिगत ‘टकराव’का कारण विभाजन भएको राप्रपाका दुवै पक्ष ( कमल थापा र पशुपति शम्शेर राणा) एकले अर्कोलाई असफल पार्ने रणनीतिमा लागेका छन् । 


गत आइतबार राणा समूहले छुट्टै दल दर्ताका लागि आवाश्यक केन्द्रीय सदस्य र सांसदको हस्ताक्षर लिएर निर्वाचन आयोगमा निवेदन दर्ता गरेपछि राणालाई असफल पार्ने योजनामा थापा लागेका छन् भने विधान अनुसार अर्को पार्टी गठनका लागि केन्द्रीय सदस्य र संसाद संख्या पुर्याएरै छाड्ने रणनीतिमा राणा समुह लागेको छ । 


यसक्रममा दुवै पार्टीका नेताहरु सांसद तथा नेताहरुलाई फकाउन प्रयासमा लागेका छन् । 


राणा समुहले २२ सांसद र ७२ केन्द्रीय सदस्य आफ्नो पक्षमा रहेको दावीसहित ‘राप्रपा प्रजातान्त्रिक’ नामको राजनीतिक दल दर्ताका लागि आयोगमा निवेदन आइतबारै दिइसकेको छ । यद्यपी नयाँ पार्टीले निर्वाचन आयोगबाट मान्यता भने पाइसकेको छैन । आयोगले निवेदनमा परेका नामहरुको आन्तरिक छानविनपछि दलको मान्यता दिने आयोग प्रवक्ता सुर्यप्रसाद शर्माले बताए । 


यसअघि १ सय ५५ केन्द्रीय सदस्य रहेको राप्रपामा राणा समहुले ७२ जना केन्द्रीय सदस्य आफ्नो पक्षमा रहेको भन्दै उनिहरुको नामावली र स्वयं केही केन्द्रीय सदस्यहरु आयोगमा पुगेर हस्ताक्षर गरेका थिए । 


तर, पशुपति शमशेर राणाले निर्वाचन आयोगमा निवेदन दिएको केही घण्टा नवित्दै  कमल थापाले राणा समुहमा लागेका भनिएका केही सदस्यहरुको नक्कली हस्ताक्षर गरेको भन्दै राणाको पक्षमा आवश्यक सख्या नै नपुग्ने बताएका थिए ।   कुनै पनि पार्टी फुट्दा राजनैतिक दलसम्बन्धी कानुनमा साठ्ठि–चालिसको व्यवस्था छ । 


यो व्यवस्था अनुसार कुल केन्द्रीय सदस्यको ६० प्रतिशत संख्या पुर्याउनेले मुल पार्टी कायम राख्न सक्छ भने ४० मात्र पुरयाउनेले अर्को नाम राख्नुपर्ने हुन्छ । तर, पार्टी विभाजन हुँदा निस्केर जानेले ६० प्रतिशत पुर्याए रहेको पार्टीले अन्तिममा फुर्को झुन्ड्याउनुपर्ने हुन्छ । अहिले राणाले उनको पक्षमा ७२ जना केन्द्रीय सदस्य रहेको बताएका छन् । यो संख्या ६० हुँदैन, त्यसैले उनले पार्टीको अन्तिममा फुर्को झुण्ड्याएका छन् । 


पूर्वमहान्यायाधीवक्ता  मुक्ति प्रधानका अनुसार पार्टी फुट्दा मुल पार्टीमा रहन ६० प्रतिशत संख्या पुर्याउनु पर्ने हुन्छ ।  राप्रपाको कुल सदस्यमध्ये ७२ जना राणातिर लागेपछि थापाको पक्षमा ८३ जनामात्रै रहन्छन् । यसो हुँदा कसैसँग पनि ६० प्रतिशत संख्या नपुग्ने देखिन्छ । 


यस्तो अवस्थामा निस्केर जाने समुहले पार्टीको अन्तिममा फुर्को झुण्ड्याउनुपर्ने हुन्छ । 


यसैवीच राणा समुहले आफ्नो पक्षमा रहेको भनेर दावी गरेका सांसद तथा तीन  केन्द्रीय सदस्य थापा समुहमा फर्केको सो समुहले दावी गरेको छ ।  


संसद लिला श्रेष्ठ तथा केन्द्रीय सदसय भिमसेन गुरुङ, निरन्जन थापा र धर्मराज जोशी पुन थापा समुहमा फर्केको थापा समुहले दावी छ ।


 यता, यसअघि थापा समहुमा रहेका भनिएका केन्द्रीय सदस्य रेखा थापा र रविन चाम्लिङ राणाको पक्षमा आएर हस्ताक्षर गरेको सो समुहका नेता सगुन लावतीको दावी छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

फणीन्द्र नेपाल
फणीन्द्र नेपाल

 फणीन्द्र नेपाल  राजनीति र समसामयिक विषयमा कलम चलाउँछन् ।

लेखकबाट थप