मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

टाटाको ‘स्टाइल ब्याक’ टिगोर नेपाली बजारमा

बुधबार, २५ साउन २०७४, १६ : ५०
बुधबार, २५ साउन २०७४

काठमाडौं– टाटा मोटर्सको उत्पादन नयाँ स्टाइल ब्याक टाटा टिगोर कार नेपाली बजारमा आएको छ । टाटा मोटर्सको नेपालका लागि आधिकारिक विक्रेता सिप्रदी ट्रडिङले यो कार नेपाली बजारमा भित्राएको हो । 

चुस्त र आधुनिक डिजाइनमा रहेको नयाँ सेडान टाटा टिगोरको बुधबार राजधानीमा औपचारिक सुरुवाट गरिएको हो । नयाँ पुस्ता लक्षित यो कार रिभोटर्न १.२ लिटर पेट्रोल भेरियन्ट रहेको छ भने यसको सुरुवाती बजार मुल्य २३ लाख ४५ हजार रुपैयाँ तोकिएको छ । 

टाटा टिगोरको अनावरण कार्यक्रममा टाटा मोटसर््का यन्टरनेशनल बिजनेश हेड जोनी ओम्मेनले भावी पुस्ताको मागलाई ध्यानमा राखि नयाँ अत्याधुनिक बिषेशता भएको गाडी निमार्ण गरिएको बताए । उनले यो हरेक पटक नयाँ जमानाका केही भिन्न उत्पादन गर्ने कम्पनीको परम्पराको निरन्तराता रहेको जनाए । 

कार्यक्रममा सिप्रदी टे«डिङका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठले टाटाको पहिलो अन्तर्राष्ट्रिय बजार प्रतिनिधी भएकोमा खुृसी व्यक्त गर्दै भारतमा यसको विक्रिमा पाएको उत्साहसँगै नेपाली बजारमा समेत सफलता हासिल हुने विश्वास व्यक्त गरे । 

कारको भित्रि तथा वाहिरी भाग निक्कै आकर्षक वनावटमा रहेको पनि कम्पनीले जनाएको छ । यो चुस्त र डाइनामिक डिजाइनले युवा पुस्ताको अनुभवलाई संगाल्ने जनाइएको छ ।

६ वटा विभिन्न आकर्षक रंङमा टिगोर उपलव्ध रहेको कम्पनीले जनाएको छ । जसमा कप ड्याजल, एक्प्रेसो ब्राउन, पर्लसेन्ट ह्वाइट, प्लाटिनम सिल्भर, स्ट्राइकर ब्लु, बेरी रेड रहेका छन् ।  उक्त कारमा टाटा मोटर्स्ले ४ वर्ष वा ७५ हजार किमी (जुन पहिला आउँछ त्यही) वारेन्टी दिएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप