युएईको लागि नेपाली नवनियुक्त राजदूत ढकालले आफ्नो ओहोदाको प्रमाणपत्र बुझाए
सोमबार, २३ असार २०७६, १६ : १४
-बिनोद श्रेष्ठ
युएई - संयुक्त अरब इमिरेट्स (यूएई)का लागि नेपाली राजदूत कृष्णप्रसाद ढकालले आफ्नो ओहोदाको प्रमाणपत्र बुझाएका छन् ।
आबुधाबीस्थित राष्ट्रपति भवनमा आइतबार भएको कार्यक्रमका उनले युएईका प्रधानमन्त्री मोहम्मद विन रसिद अल म्याकटुमलाई आफ्नो ओहोदाको प्रमाणपत्र पेश गरेका हुन् ।
ओहोदाको प्रमाणपत्र बुझाउँदै राजदूत ढकालले राष्ट्रपति विद्यादेवी भण्डारीले पठाएको शुभकामना सन्देश सुनाएका थिए।
कार्यक्रममा प्रधानमन्त्री शिख मोहम्मद बिन रसिद अल म्याकटुमले नवनियुक्त राजदुत ढकालको सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए ।
ढकाल गत माघ २९ गते संयुक्त अरब इमिरेट्स युएईका लागि नेपाली राजदूतमा नियुक्त भएका थिए। यसअघि उनी भारतका लागि नेपाली कार्यवहाक राजदूतका रुपमा कार्यरत थिए।