राजधानीको चपलीमा आगलागी
शनिबार, ०४ साउन २०७६, २१ : ४७
काठमाडौं–राजधानीको चपलीमा शनिबार साँझ आगलागी भएको छ । बूढानीलकण्ठ नगरपालिका वडा नम्बर ४ को कार्यालय नजिकै एक पसलमा आगलागी भएको हो ।
विद्युत सर्ट भएर आगलागी हुँदा ग्यास समेत पड्किएको एक स्थानीयले जानकारी दिए । यद्यपि आगलागीबाट मानवीय क्षति भएको छैन ।
आगलागी करीब एक घण्टापछि दमकलको सहयोगमा निभाइएको जनाइएको छ ।