मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

टिभिएसको नयाँ स्ट्राइकर १२५ अब नेपाली बजारमा, निखिल ब्राण्ड एम्बासेडर

शुक्रबार, २७ साउन २०७४, १२ : २१
शुक्रबार, २७ साउन २०७४

काठमाडौँ । टिभिएस मोटर कम्पनीले आफ्नो नयाँ उत्पादन टिभिएस स्ट्राइकर १२५ नेपाली बजारमा ल्याएको छ । 

जगदम्बा मोर्टसका प्रवन्ध निर्देशक शाहिल अग्रवाल तथा नायक निखिल उप्रेतीले एक कार्यक्रमबीच टिभिएस स्ट्राइकर १२५ सार्वजनिक गरेका हुन् । 
जगदम्बा मोटर्स नेपालका लागि टिभिएसको आधिकारीक विक्रेता हो ।

कम इन्धन खपत र शक्तिको सही मिश्रण भएको टिभिएस स्ट्राइकर १२५नेपाली बाटोमा उपयुक्त रहने कम्पनीको दाबी छ । 

ईको थ्रष्ट इन्जिन युक्त टिभिएस स्ट्राइकर १२५ ले ८००० आर. पि. एम मा ८.१ के डब्लु शक्ति प्रदान गर्ने छ । यसको टोर्क ५५०० आर. पि. एम मा १०.८ एन. एम. बताईएको छ । एक लिटरमा ६७ किलोमिटर माईलेज दिने यस बाइकलाई आफ्नो श्रेणीमा सर्वोत्कृष्ट मानिन्छ । 

बेग्लै ट्याङ्क आकार र  रङ्गहरुको मिश्रणले यसको आकर्षण अझ बढाउँछन् ।

श्रेणीमै पहिलो एल. इ. डि. टेल ल्याम्प र पूmल डिजिटल स्पीडोमिटर युक्त यस बाईकको व्याख्या गर्न लायक छ । साथमा, यसमा ट्युवलेस टायर, डुअल प्याडेड सीट, ह्याजार्ड ल्याम्प, पास बाई स्वीच, राटो पेटल फ्रन्ट डिस्क ब्रेक, एलमिनियम फुट पेग र उज्यालो हेडल्याम्प जडान गरिएको छ । आरामदायी यात्राको लागि हाइड्रोलिक स्प्रिङ्ग सस्पेन्सन तथा प्रेसर डाईकास्टेड एलुमिनियम फुटरेष्ट समेत यसमा पाउन सकिन्छ ।

ईलेक्ट्रिक स्र्टाटको विकल्प छनोट रहेको टिभिएस स्ट्राइकर १२५को मूल्य रु. १ लाख ७४ हजार ९०० पर्नेछ । साथै तीन रङ्गमा सो बाईक उपलब्ध हुने बताइएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप