एलजीले एप्पल एयर प्ले २ र होम किट ल्याउँदै
काठमाडौं– एलजी इलेक्ट्रोनिक्सले एप्पल एयर प्ले २ र होम किट उपलब्ध गराउने घोषणा गरेको छ ।
जसले एलजीलाई होम किट समर्थन गर्ने पहिलो अन्तर्राष्ट्रिय टेलिभिजन निर्माता बनाएको छ । यो विशेषताहरु एलजी ओएलईडी टिभीएस, नानो सेल टिभीएस र यूएचडी टिभीएसमा उपलब्ध गराइएको छ ।
एयर प्ले २ का साथमा एलजी २०१९ एआई टिभी भएका ग्राहकहरुले सहजै आईफोन, आईप्याड र म्याकबाट एलजी टिभीमा जडान गरि हेर्न सकिनेछ । उपभोक्ताले आफ्नो इच्छाअनुसारको फिल्म, टेलिसिरियल आदि एलजी एआई टिभीमा एप्पल एयर प्ले डाउनलोड गरी प्रसारण गर्न सक्नेछन् ।
प्रयोगकर्ताहरले सजिलै एप्पल पोडकाष्ट, एप्पल म्यूजिक र अरु प्रसारित सेवाहरु एलजी एआई टिभीमा सिंक गर्न सक्नेछन् । साथै एयर प्ले २ लाई मिल्ने स्पिकर पनि सिंक गर्न सक्नेछन् ।
होम किट प्रयोगकर्ताहरुले सहजै आफ्नो स्मार्ट घरलाई होम एप अथवा सिरी प्रयोग गरी नियन्त्रण गर्न सक्नेछन् । एयर प्ले २ र होम किटका सुविधा १४० देशहरुमा प्रदान गरीसकेको कम्पनीले जनाएको छ ।