सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

नेपाली सेनाका बहालवाला मेजर ब्राउन सुगरसहित पक्राउ

शनिबार, २५ साउन २०७६, २० : ०४
शनिबार, २५ साउन २०७६

काठमाडौं- प्रहरीले नेपाली सेनाका बहालवाला मेजरलाई ब्राउन सुगरसहित पक्राउ गरेको छ ।

नेपाली सेनाका बहालवाला मेजर अजितप्रतापसिंहसहित २ जनालाई प्रहरीले सुनसरीको इटहरीबाट पक्राउ गरेको हो । 

कैलालीको धनगढी नगरपालिका २ घर भएका सिंहलाई लागू औषध कारोबार गरेको आरोपमा पक्राउ गरिएको नेपाल प्रहरी लागू औषध ब्यूरोका एसएसपी वसन्त लामाले रातोपाटीलाई जानकारी दिए ।

विशेष सुराकीको आधारमा चेकजाँच गर्दा उनीहरुको साथबाट १ ग्राम ३२० मिलिग्राम ब्राउन सुगर बरामद गरिएको प्रहरीले जानकारी दिएको छ ।

पक्राउ परेका उनीहरुबारे थप अनुसन्धान भैरहेको जनाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुजन पन्त
सुजन पन्त

पन्त सुरक्षा/अपराध बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप