आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

नेपाली सेनाको ध्यानाकर्षण

बिहीबार, ३० साउन २०७६, १८ : ०४
बिहीबार, ३० साउन २०७६

काठमाडौं– नेपाली सेनाले सैनिक अधिकृतहरुको नागरिकता तथा शैक्षिक प्रमाणपत्र विषयमा नाम नै किटान गरेर केही सञ्चारमाध्यामहरुमा आएको समाचारप्रति गम्भीर ध्यानकर्षण भएको जनाएको छ । सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले आज एक विज्ञप्ति जारी गरी विभिन्न सञ्चारमाध्यामहरुमा आएको समाचारप्रति गम्भीर ध्यानकर्षण भएको जनाएको हो ।

विज्ञप्तिमा नियमित प्रक्रियाअनुसार भैरहेका काम कार्वाहीमा व्यक्तिको नाम उल्लेख गरी सूचना प्रवाह गर्दा व्यक्तिगत मर्यादामा आँच आउने हुँदा त्यस प्रकारका समाचारहरु संप्रेषण गर्दा संवेदनशील हुन समेत सेनाले अनुरोध गरेको छ ।

नागरिकता, शैक्षिक प्रमाणपत्रलगायत सबै कागजातहरुको छानविन प्रक्रिया नियमित भैरहेको र छानविनको दौरानमा अनियमितता पाइएमा सैनिक ऐन अनुसार कार्वाही गरि सार्वजनिक गरिएको साथै सो कार्य निरन्तर रहने समेत विज्ञप्तिमा जनाइएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप