सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

रवि लामिछानेलाई ५ दिन थुनामा राख्न अदालतले अनुमति दियो

शुक्रबार, ३१ साउन २०७६, १५ : १७
शुक्रबार, ३१ साउन २०७६

चितवन– टेलिभिजनकर्मी रवि लामिछानेसहित तीन जनालाई ५ दिन थुनामा राखेर अनुसन्धान अघि बढाउन जिल्ला अदालत चितवनले अनुमति दिएको छ । 

प्रहरीले लामिछानेसहित पत्रकार युवराज कँडेल र अस्मिता कार्कीलाई शुक्रबार जिल्ला अदालत चितवनमा उपस्थित गराएको थियो । अदालतसँग प्रहरीले १० दिनको समय मागेकोमा ५ दिन म्याद पाएकाे हो । ‘हामीले १० दिनको म्याद मागेको थियौं, सम्मानित अदालतले ५ दिन म्याद थपेको छ। हामी घटनाबारे अनुसन्धान गरिरहेका छाै‌’, एक प्रहरी अधिकारीले भने । 

पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा मुछिएपछि प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको हो । 

लामिछानेसहित  तीनै जनालाई बिहीबार काठमाडौंबाट पक्राउ गरेर चितवन लगिएको थियो ।

लामिछाने पक्राउको विरोधमा शुक्रबार उनका समर्थकले  चितवनमा प्रदर्शन समेत गरेका थिए । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप