सप्तरीको दुर्घटनामा परेका चारै जनालाई काठमाडौँ पठाइयो
बुटवल । आज विहान सप्तरीमा भएको सडक दुर्घनामा परी घाइते भएका चारै जनालाई काठमाडौं पठाइएको छ । मृत्यु भएका रुपन्देहीका पत्रकार डायल्सन अधिकारीको शव भने पोष्टमार्टमा लागि रुपन्देही पठाइएको छ ।
गम्भीर घाइते चारै जनालाई विराटनगर ल्याइएकोमा केहीवेर अघि हेलिकप्टर मार्फत काठमाडौ पठाईएको मोरङ्गका प्रहरी प्रमुख एसपी विश्व अधिकारीले जानकारी दिए ।
रुपन्देही तिलोत्तमा नगरपालिकाको बा १६ च २२३५ नम्वरको पिकअप बलेरो जीप सप्तरीको कन्चनपुर नगरपालिका वडा नम्वर ११ बक्साहचोकमा दुर्घटना हुँदा पत्रकार अधिकारीको मृत्यु भएको थियो ।
सप्तरी जिल्लाका प्रहरी प्रमुख एसपी मनोजकुमार यादवका अनुसार त्यसका चालक अशोक भण्डारीको अबस्था गम्भीर रहेको छ । तिलोत्तमका वडाध्यक्षहरु सोहन चौधरी , तामानाथा पाण्डे र ब्यापार संघका अध्यक्ष अध्यक्ष जेपी कँडेल घाइते भएका छन् ।
मोरङ्गमा हुन गइरहेको लगानी सम्मेलनमा सम्मेलनमा सहभागी हुन उनीहरु त्यसतर्फ जाँदै थिए ।