सुनको मूल्य घटेर ७१ हजारमा कारोबार
आइतबार, ०१ भदौ २०७६, ११ : ०९
काठमाडौं– साताको पहिलो दिन आइतबार छापावाल सुनको भाउ रु ५०० ले घटेको छ ।
शुक्रबार तोलामा ७१ हजार ५०० मा कारोबार भएको सुनको भाउ आइतबार ५०० घटेर ७१ हजारमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस्तै तेजावी सुन तोलामा ७० हजार ७०० मा कारोबार भएको छ ।
चाँदी भने तोलामा रु ८३० मा कारोबार भएको महासंघले जनाएको छ ।