नेकपा सचिवालय बैठक जारी, कार्यविभाजनका वाँकी आजै टुंग्याउने
आइतबार, ०१ भदौ २०७६, १८ : १९
काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को सचिवालय बैठक बालुवाटारमा जारी छ । आजको बैठकले कार्यविभाजनका सवै काम टुंग्याउने नेताहरुले बताएका छन् ।
बैठकले २२ जनवर्गीय संगठनको इन्चार्ज तथा सहइन्चार्ज तोक्ने छ । यस्तै विशेष कमिटी गठन, सम्पर्क समन्वय कमिटी गठन, प्रवासका इन्चार्ज र सहइन्चार्ज र सचिवालय सदस्य झलनाथ खनालको वरियताको बिषयमा निर्णय गर्ने नेताहरुले बताएका छन् ।
सचिवालय बैठकअघि अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच छलफल भएको थियो ।