ल्याङ्ग्वेज सेन्टर सञ्चालक पक्राउ
मङ्गलबार, ०३ भदौ २०७६, १५ : ११
काठमाडौँ– प्रहरील काठमाडौं उपत्यकाभित्र विभिन्न सरकारी तथा गैह्र सरकारी कार्यालयका कीर्ते कागजात तथा छाप बनाउने धन्दामा संलग्न दुई जनालाई पक्राउ गरेको छ ।
सरकारी कागजात र छाप बनाउने गिरोह सक्रिय रहेको भन्ने उजुरीका आधारमा महानगरीय अपराध महाशाखाबाट खटिएको टोलीले सरकारी तथा गैह्र सरकारी छाप बनाउने कार्यमा संलग्न रहेका मेजुकी जापनीज ल्याङ्ग्वेज सेन्टर सञ्चालक बिनोद बरुवाल र रेनु लामालाइ पक्राउ गरेको हो ।
उनीहरुलाई बिभिन्न सरकारी तथा गैह्र सरकारी कार्यालयका छाप तथा प्रमाण पत्र र बिभिन्न ब्यक्तिको नाममा जारी भएका राहदानीसहित भदौ २ काठमाडौंबाट प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ परेका दुवैलाई दशी प्रमाणसहित आवश्यक कारबाहीको लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको महाशाखाले जनाएको छ ।