सिरहामा मोटरसाइकल दुर्घटना, बृद्धको मृत्यु
मङ्गलबार, ०३ भदौ २०७६, १९ : ५३
सिरहा– मोटरसाइकलको ठक्करबाट घाइते एक वृद्धाको उपचारको क्रममा मंगलबार विहान मृत्यु भएको छ । मृत्यु हुनेमा सिरहाको गालबजार नपा २ गुरुधामका ६५ वर्षीय बौद्धनारायण यादव रहेको प्रहरीले जनाएको छ ।
पूर्वपश्चिम राजमार्ग अन्तर्गत सिरहाको गोलबाजर नपा ४ निपनियाँमा उत्तरबाट दक्षिणतर्फ बाटो कोट्ने क्रममा यादवलाई पूर्वबाट पश्चिमतर्फ आइरहेको स. ४ प ९७५८ नम्वरको मोटरसाइकलले ठोकर दिँदा दुवै खुट्टा भाँच्चिएको थियो । उनको उपचारको क्रममा विराटनगरमा मृत्यु भएको इलाका प्रहरी कार्यालय गोलबजारले जनाएको छ । उनको शव आफै घर ल्याई दाहसंस्कार गरेको बुझिएको छ ।