जागिर लगाई दिन्छु भन्दै लाखौं ठगी गरेको आरोप एकजना पक्राउ
बिहीबार, ०५ भदौ २०७६, २३ : ११
बुटवल- विभिन्न व्यक्तिहरुलाई जागिर लगाई दिन्छु भन्दै लाखौं रुपैयाँ ठगेर फरार भएको आरोपमा दाङ्गको प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
घोराही ८ सेवारकी २१ वर्षीया रिता चौधरीसहित ६ जनालाई चौधरी एग्रिकल्चर संस्थामा जागिर मिलाई दिन्छु भन्दै शेयर हाल्न लगाएको र उनीहरुबाट १ लाख १७ हजार २ सय रुपैयाँ ठगी गरेको आरोपमा तुल्सीपुर १७ का २३ वर्षीय विकासराज गुरुङ्गलाई प्रहरीले पक्राउ गरेको हो ।
निजलाई दाङ्ग देउखुरी अदालतमा पेश गरि म्याद थप समेत गरिएको त्यहाँका प्रहरी प्रबक्ता विनिद विक्रम शाहले जानकारी दिए ।