नारायणी नदीको बहाव बढ्दै, दाउन्नेको सडक अझैं खुलेन
आइतबार, २९ साउन २०७४, १३ : २०
नवलपरासी– अविरल वर्षाका कारण नारायणीको बहाव बढ्दै गएको छ । जसका कारण मध्यबिन्दु नगरपालिकाको वडा नम्बर २ स्थित तेहरी टिकापुर भन्ने गाउँमा बाढी पसेको छ ।
यस्तै बडा नम्बर तीन नन्दपुर र माइस्थानमा पनि बाढी पस्ने खतरा देखिएको छ । कुन बेला बाढी बस्तीमा बस्ने हो भनि यो स्थानका सर्वसाधारण त्रसित बनेका छन् । यस्तै स्थानीय प्रशासनले बाढीको जोखिममा रहेका सर्वसिाधारणलाई सचेत रहन आग्रह गर्दै आएको छ ।
यस्तै प्रतापपुर, सुस्ता, सरावललगायतका गाउँपालिकाका केहि स्थानमा पनि डुबानको जोखिममा रहेका छन् ।
यसैबीच अविरल वर्षापछि सडक भासिँदा दुई दिनयता यातायात प्रभावित बनेको छ । बर्दघाट नगरपालिका ४ स्थित दाउन्नेमा राजमार्ग भासिएको हो । यद्यपी प्रकुल मौसनका कारण सडक पुनःनिर्माणमा समस्या भएको बताइएको छ ।