गीत : लेखेर सोधुँ कि बोलेर सोधुँ
शनिबार, ०७ भदौ २०७६, ११ : २५
-राकेश कार्की
लेखेर सोधुँ कि बोलेर सोधुँ
या यो दिललाई खोलेर सोधुँ
लजाजु रूप, बैँसालु यौवन
त्यो नजरले छोयो मेरो मन
छिन छिनमै आउन थाल्यो
कहाँबाट खुसी
माया लागेर हो कि
मायाकै बेहोसी
लेखेर सोधुँ कि बोलेर सोधुँ
या यो दिललाई खोलेर सोधुँ
थाहै नभई सर्दै गयो
रात र दिन
प्रेममा परिरह्यो
दुईटा जीवन
लेखेर सोधुँ कि बोलेर सोधुँ
या यो दिललाई खोलेर सोधुँ
लजाजु रूप, बैँसालु यौवन
त्यो नजरले छोयो मेरो मन
लेखेर सोधुँ कि बोलेर सोधुँ
या यो दिललाई खोलेर सोधुँ
लस एन्जेलस