ट्रकले साइकलयात्रीलाई किच्दा एक जनाको मृत्यु
शनिबार, ०७ भदौ २०७६, १४ : ३६
बुटवल । रुपन्देहीको बुटवलस्थित ट्राफिक चोकमा ट्रकले साइकल यात्रीलाई किच्दा एक जनाको घटनास्थलमै मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।
लु २ ख ६८४ नम्बरको ट्रकले आज दिउँसो किच्दा साइकलमा सवार पाल्पा रैनादेवी गाउँपालिका – ७ बस्ने २५ बर्षीय पुर्ण बहादुर रास्कोटीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
सोही स्थानका ३६ वर्षीय थम्मन सिंह रास्कोटी भने घाइते भएका छन् । घाइतेको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भैरहेको छ ।
ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।