कोरियन चाडमा नेपाली संगीतसँगै रमाउनेछन् दक्षिण कोरियामा नेपालीहरु
आइतबार, ०८ भदौ २०७६, १० : ५५
सोल । प्राचीन हान्गावी नामले परिचित दक्षिण कोरियाको महत्वपूर्ण चार्ड छुसकको अवसरमा यहाँ सांगीतिक कार्यक्रमको आयोजना गरिने भएको छ।
दक्षिण कोरियामा कार्यरत नेपालीहरुको पहलमा आगामी सेम्टेम्बर १३ मा “छुसक महा–धमाका २०१९” आयोजना गर्न लागिएको हो ।
कार्यक्रममा ख्यातिप्राप्त राष्ट्रिय लोक तथा दोहोरी गायक पशुपति शर्मा, मञ्जु पौडेल, आधुनिक तथा पप गायक सुगम पोखरेल, टीका प्रसाईँ, कमेडियन तथा क्यारिकेचर किङ सुबोध गौतम, पब्लिक स्पिकर विजेता रमेश प्रसाईँ, बुगीवुगी विनर कविता नेपाली लगायत कलाकारको प्रस्तुति रहने छ । यस्तै स्थानीय कलाकारको समेत कार्यक्रममा प्रस्तुति रहनेछ ।
सउल दोङदेमुन छोङो ओगाको २ नम्बर गेटमा आयोजित कार्यक्रममा दक्षिण कोरियास्थित नेपाली दूतावासका उपनियोग प्रमुख राम सिंह थापासमेतको सहभागिता रहनेछ ।