रवि लामिछानेको रिहाईको माग गर्दै राजमार्ग अवरुद्द, प्रहरीद्वारा अश्रुग्याँस प्रहार
आइतबार, ०८ भदौ २०७६, १८ : ५६
काठमाडौं– प्रहरी हिरासतमा रहेका टिभी प्रस्तोता रवि लामिछानेको रिहाइको माग गर्दै १० दिनदेखि आन्दोलनरत समर्थकहरुले भरतपुरको चौविसकोठीमा राजमार्ग अबरुद्ध गरेका छन् ।
आन्दोलनकारीहरुले आइतबार अपरान्ह लामिछानेको रिहाइको माग गर्दै राजमार्ग अवरुद्ध गरेका हुन् ।
उनीहरुले केही गाडी तोडफोड समेत गरेका छन् भने टायर बालेर प्रदर्शन गरेका छन् । राजमार्ग अहिले पूर्ण रुपमा अवरुद्ध छ ।
आन्दोलनकारीहरुले रानमार्ग अवरुद्ध गरेपछि प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन अश्रुग्याँस समेत प्रहार गरेको छ ।