आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

मिलानलाई उडिनेसको धक्का

सोमबार, ०९ भदौ २०७६, १० : ०४
सोमबार, ०९ भदौ २०७६

इटालियन सिरी ‘ए’ को बलियो टोली एसि मिलानलाई लिगको पहिलो खेलमै उडिनेसको नराम्रो धक्का लागेको छ । आइतबार राति भएको खेलमा मिलान उडिनेससँग १–० गोलले पराजित भयो । 

उडिनेसको जितमा रोड्रिगो बेकाओले ७२औं मिनेटमा निर्णायक गोल गरेका थिए । उडिनेसको घरेलु मैदानमा मिलान फिका देखिएको थियो ।

 मिलानले खेलभर गोलगर्न लायक राम्रो अवसर बनाउन नसक्दा हारबाट सिजनको सुरुवात गरेको छ । जितसँगै उडिनेसले तीन अंक बटुलेको छ । 

इटालियन सिरी ‘ए’ अन्तर्गत आइतबार रातिनै भएका अन्य खेलमा ब्रेसियाले काग्लियरीलाई १–०, टोरिनोले ससौलोलाई २–१, एट्लान्टाले एसपीएएललाई ३–२ तथा लाजियोले साम्पडोरियालाई ३–० गोलले हराएको छ । 

एस रोमा र जिनोआले ३–३ तथा भेरोना र बोलोग्‍नाले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप