आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

राप्रपा (संयुक्त) द्वारा निर्वाचन परिचालन समिति गठन

सोमबार, ०९ भदौ २०७६, १३ : २७
सोमबार, ०९ भदौ २०७६

काठमाडौं । राप्रपा (संयुक्त) ले आगामी मंसिर १४ गते सम्पन्न हुने उपनिर्वाचनलाई मध्यनजर गरेर निर्वाचन परिचालन समिति गठन गरेको छ ।

उच्च कार्यसम्पादन समिति सदस्य धु्रवबहादुर प्रधानको संयोजकत्वमा गठित ९ सदस्यीय निर्वाचन समितिले संघीय, प्रदेश र स्थानीय तहका उपनिर्वाचनका लागि आवश्यक तयारी गर्ने प्रवक्ता सगुनसुन्दर लावतीले जानकारी दिए ।

उनका अनुसार, निर्वाचन परिचालन समितिले विभिन्न क्षेत्रका वस्तुगत अवस्था अध्ययन गरेर रणनीतिक कार्ययोजना तय गर्नेछ ।

ठाकुर प्रसाद शर्मा, श्याम तिमिल्सिना, भरतजंग उप्रेती, बाबुराम बस्नेत, भरत पाठक, झलक प्याकुरेल र मीना शाहीलाई निर्वाचन परिचालन समितिको सदस्यको जिम्मेवारी दिइएको छ भने रामशरण पाठकलाई सदस्य सविचको भूमिकामा राखिएको छ ।

यसैगरी राप्रपा (संयुक्त) सम्वद्ध राष्ट्रिय प्रजातान्त्रिक किसान संगठन (संयुक्त) गठन गरिएको छ । केन्द्रीय कार्य सम्पादन समिति सदस्य ध्रुव रायमाझीको संयोजकत्वमा गठित १३ सदस्यीय समिति किसानको हक, हित, अधिकार, सेवा, सुविधा र सहुलियतमा केन्द्रीत रहनेछ ।

इनु अधिकारी, तेज खरेल, बलबहादुर केसी, विष्णु प्रसाद पोखरेल, राजेश्वर राय यादव, राम आशिष पाण्डे, केष्ण विक्रम शाह, मातृका भुषाल, बसन्त अधिकारी, नवराज सिलवाल, नारायण बहादुर राउत, सुवास पण्डितलाई किसान संगठनको सदस्यको जिम्मेवारी दिइएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप