आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

रेडियो नेपालका पत्रकारको पुनः बहालीको माग

सोमबार, ०९ भदौ २०७६, २० : ३६
सोमबार, ०९ भदौ २०७६

काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली काङ्गे्रसका प्रमुख सचेतक बालकृष्ण खाणले डोटीको दिपायलमा कार्यरत रेडियो नेपालका पत्रकारलाई पुनःबहाली गर्न सरकारसँग माग गरेका छन् । 

प्रतिनिधिसभाको सोमबारको बैठकको शून्य समयमा उनले झण्डै एक दशकभन्दा बढी समयसम्म कार्यरत श्रमजीवी पत्रकार प्रकाश बम, सुनिता रावल र चक्र कुँवरलाई समाचारदाता पदबाट हटाइएकाले पुनःबहाली गर्न माग गरेका हुन् ।

बैठकमा असार २६ गते र त्यसपछिको लगातार वर्षाका कारण पहाडमा पहिरो र तराईमा नदीले हजारौँ रोपनी जमीन मरभूमितुल्य भएकाले बाढीपीडितलाई राहत र खोला नियन्त्रण गर्न सांसदहरुले सरकारको ध्यानाकर्षण गराए । 

यसरी ध्यानाकर्षण गराउनेमा सांसद  तेजुलाल चौधरी, दामोदर भण्डारी, दिलकुमारी, दुर्गाकुमारी विश्वकर्मा, देवप्रसाद तिमल्सिना र नारायणप्रसाद मरासनी रहेका छन् ।
सांसद देवप्रसाद गुरुङले रेन्जर बटालियन खारेज गर्न माग, देवेन्द्र पौडेलले राजमार्गको स्तरोन्नति र नविना लामाले त्रिभुवन विश्वविद्यालयअन्तर्गत माइक्रोबाइलोजीका विद्यार्थीको माग सम्बोधन गर्न सरकारसँग माग गरे । 

सांसद नवराज राउतले कर्णालीको राजधानी सुर्खेतस्थित शिखर शैली मन्दिरलाई विश्वसम्पदा सूचीमा सूचीकृत गर्न, नवराज सिल्वालले निजी अस्पतालको तत्काल अनुगमन गर्न, नारायणप्रसाद खतिवडाले नुवाकोटकी बेपत्ता नागरिक चिनीमायाँ तामाङको खोजी गर्न र प्रमिला राईले डेङ्गु रोग नियन्त्रण गर्न सरकारसँग माग गरे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप