मनिषाको तीज गीत ‘रक्सी काटुन काटुन’
मङ्गलबार, १० भदौ २०७६, १८ : ३६
काठमाडौं– गायिका मनिषा धमलाले तीज गीत ‘रक्सी काटुन काटुन’ सार्वजनिक गरेकी छन् । तीजको नाममा रक्सी सेवन गर्ने मौलाएको चलन प्रति लक्षित गर्दै उनले यो गीत ल्याएकी हुन् । उनको गीतमा तीजमा कोसेलीको रुपमा रक्सी काटुनका काटुन आउने गरेको उल्लेख गरेकी छन् ।
संगीतकार समेत रहेका गायक डिबी खड्काले उनलाई स्वरमा साथ थिएका छन् । उनको नै शब्द रहेको गीतमा संगीत पनि खड्काकै छ । गीतको एक भिडियो पनि बनेको छ । सुमनसागरजङ्ग केसीको कोरियोग्राफी रहेको भिडियोमा अरुणा, लक्ष्मी, राजिवलगायतको अभिनय देख्न सकिन्छ ।
अजय रेग्मी छायाँकन, कृष्णप्रसाद तिमिल्सिना निर्माता रहेको भिडियो सम्पादन तथा निर्देशन सुरेश राउतले गरेका हुन् ।