आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

सामान्य हिडाईबाट लक्ष्यमा पुग्न सकिन्न् : मन्त्री भट्टराई

मङ्गलबार, १० भदौ २०७६, १८ : ५३
मङ्गलबार, १० भदौ २०७६

काठमाडौं– संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले  भ्रमण बर्ष २०२० को लक्ष्य हासिल गर्नका लागि कार्यशैलीमा तिब्रता ल्याउनुपर्ने बताएका छन् । पर्यटन विभागले मंगलबार काठमाडौंमा गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री भट्टराईले पर्यटन बर्ष मूल आयोजक समिति र सचिवालयले गर्नुपर्ने थुप्रै कामहरु बाँकी नै रहेकाले कार्यशैलीमा तिब्रता ल्याउनुपर्ने आवश्यकता औल्याएका हुन् ।

उनले पर्यटन विभागले केन्द्रीय रुपमा गर्दै आएको कामहरुको अख्तियारी मुलुकका विभिन्न ७ स्थानका कार्यालयहरुलाई हस्तान्तरण गरिसकेकाले सबै तहबाट पर्यटन बर्ष लक्षित गरि कामलाई तिब्रता दिनुपर्ने बताए । 

उनले भने, ‘पर्यटन बर्ष २०२० को मिसन पुरा गर्न मूल आयोजक समिति र सचिवालयले गर्नुपर्ने थुप्रै कामहरु छन् । त्यसमा केही ढिलाई भएको छ । आगामी दिनमा सामान्य हिडाईबाट लक्ष्यमा पुग्न सकिन्न । अलिकति दौडिनुपर्नेछ । स्पीड अप गर्नुपर्नेछ । हाम्रो गियर चाही १ ÷२ नम्बरबाट अब हुदैन । माथिल्लो गियरमै जानुपर्छ ।’

उनले सरकारले आगामी पुस महिनाभित्र नै गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका सबै काम सम्पन्न गर्ने तथा त्यसको केही महिनाभित्र उडान पनि सुरु लक्ष्यसाथ काम भइरहेको बताए । त्यसैगरी सुर्खेत विमानस्थललाई रात्रीकालीन उडान भर्ने व्यवस्था सहित स्तररोन्नतिको काम भइरहेको पनि उनले जानकारी दिए ।

मंगलबार पर्यटन विभागले विशेष कार्यक्रम गरी काठमाडौं बाहिर रहने ७ कार्यालयहरुलाई काम गर्ने अख्तियारी सहित अधिकार प्रत्यायोजन गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप