आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

राप्रपाद्वारा सांगठनिक गतिविधिलाई तीव्रता

बुधबार, ११ भदौ २०७६, १२ : २०
बुधबार, ११ भदौ २०७६

काठमाडौं । राप्रपाले २०७६ लाई संगठन निर्माण वर्ष घोषणा गरेसँगै सांगठनिक गतिविधिलाई तिव्रता दिएको छ।  
सोही क्रममा पार्टीले देशव्यापी प्रशिक्षण संचालन शुरु गरेको छ ।
साउनको अन्तिम साता काभ्रेको धुलिखेलमा सम्पन्न भएको केन्द्रीय प्रशिक्षक प्रशिक्षणमा सहभागी केन्द्रिय प्रशिक्षकहरु अहिले जिल्लास्तरीय प्रशिक्षणको निमित्त विभिन्न जिल्लामा खटिएको प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए । 

राप्रपाले भाद्र महिना भित्र सबै सतहत्तर जिल्लामा प्रशिक्षण सम्पन्न गर्ने योजनाका साथ प्रशिक्षण अभियान शुरु गरेको हो ।

प्रशिक्षण बिभागका प्रमुख एबं प्रवक्ता भुवन पाठकका अनुसार मुलुकको पछिल्लो समसामयिक राजनीतिक अवस्था, संगठन निर्माण बर्ष २०७६ को कार्ययोजना, संगठन निर्माण र नेतृत्व विकास, सैद्वान्तिक बैचारिक पक्ष, सकृय सदस्यता बितरण अभियान, केन्द्रिय महाधिवेशनको तयारी र सूचना प्रविधिका विषयमा प्रशिक्षण दिइनेछ ।
पाठकका अनुसार भाद्र महिना भित्र सबै जिल्लामा प्रशिक्षण सम्पन्न गर्ने लक्ष्य राखिएको छ । यस्तै असोज महिनामा स्थानीय तहहरुमा प्रशिक्षण संचालन गरिने बताइएको छ। 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप