सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

मेरो स्वास्थ्य अवस्था ठिक छ, चिन्ता नलिँदा हुन्छ : प्रधानमन्त्री ओली

बुधबार, ११ भदौ २०७६, २२ : ३४
बुधबार, ११ भदौ २०७६

काठमाडौं-प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो स्वास्थ्यका बारेमा चिन्ता नलिन शुभचिन्तकलाई आग्रह गरेका छन् । 

सिङ्गापुरमा उपचार गराइरहेका उनले आज नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का  केन्द्रीय सदस्य देवेन्द्र दाहालसँग कुराकानी गर्दै आफ्नो स्वास्थ्य अवस्था ठिक रहेको बताउनुभएको प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए । 

उनका अनुसार प्रधानमन्त्री ओलीले दाहालसँग आगामी हप्ताभित्र पूर्ण स्वास्थ्य लाभ गरेर आफू स्वदेश फर्कने जानकारी गराएका छन् । गत भदौ ५ गते सिङ्गापुर गएका उनको अहिले त्यहाँस्थित नेसनल युनिभर्सिटी अस्पतालमा उपचार भइरहेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप