सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

बालकृष्णलाई विष खुवाउने आफ्नै कर्मचारी

बिहीबार, १२ भदौ २०७६, ०६ : १४
बिहीबार, १२ भदौ २०७६

आचार्य बालकृष्णलाई उनी निकटकै पूर्वकर्मचारीले पेडामा विष मिसाएर खुवाएको तथ्य फेला परेको छ । केही वर्षसम्म पतञ्जली योगपीठको मुख्यालयमा कार्यरत अग्रवाल थरका पूर्व कर्मचारीले कृष्ण जन्माष्टमीको दिन पेडा खुलाएर हत्या प्रयास गरेको खुलेको हो । 

कृष्णजन्माष्टमीको दिन गुरुको हैसियतले एक पाटेट पेडा लिएर हरिद्वारस्थित निवासमा आएका ती कर्मचारीले धेरै पेडामध्ये आफ्नै हातले विष मिलाएको पेडा खान दिएको खुलेको छ । आचार्य बालकृष्णलाई हरिद्वारमा भेट गरी फर्किएका पतञ्जली योगपीठ नेपाल ट्रष्टी इञ्जिनियर शालिकराम सिंहले पेडामा विष खुवाउने पूर्वकर्मचारीलाई कारबाही गर्ने प्रक्रिया अगाडि बढको बताए ।

हत्या प्रत्यासबाट जोगिएका आचार्य बालकृष्ण ही भदौं १८ गते नेपाल आउन लागेका छन् । नेपालमा पनि उनको स्वास्थ्यबारे चासो भएकाले नेपाल नेपाल आउन लागेका हुन् ।  यो समाचार नेपाल समाचारपत्रमा ईश्वरराज ढकालले लेखेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप