सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

पोखरीमा डुबेर बालकको मृत्यु

शनिबार, १४ भदौ २०७६, १८ : ५९
शनिबार, १४ भदौ २०७६

बर्दिवास – महोत्तरीको गौशलामा शनिबार पोखरीमा डुबेर एक बालकको मृत्यु भएको छ ।  मृत्यु हुनेमा गौशला नगरपालिका १ घर भएका दिलबहादुर जर्घाका ३ वर्षीय छोरा कालु भनिने सुजन जर्घा रहेका छन् । घर नजिकैको पोखरीको छेउमा खेल्ने क्रममा डुबेर बेहोश भएका थिए ।

उनलाई उपचारका लागि बर्दिवासको शुभ स्वस्तिक अस्पताल लगिएको थियो ।  अस्पताल पुर्याउँदा चिकित्सकले उनलाई मृत घोषण गरेको बर्दिवास प्रहरीले जनाएको छ । 
मृतकको शवलाई पास्टमार्टमकको लागी जनकपुर अञचल अस्पताल लगिएको र घटनाको विषयमा थप अनुसन्धान भैरहेको बताइएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप