मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

बेहोस बनाएर बलात्कार गर्ने एक जना पक्राउ

शनिबार, १४ भदौ २०७६, २१ : १६
शनिबार, १४ भदौ २०७६

राजविराज - सप्तरीको राजविराज बजारमा १३ वर्षीया एक बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा राजविराज नगरपालिका–४ का २२ वर्षीय आसमान निराले पक्राउ परेका छन् । पैदल घर फर्किरहेका बेला बिहीबार राति ७ बजे राजविराजको मुख्य बजारबाटै अपरहणमा परेकी बालिका बलात्कृत भएकी थिइन् । 

बालिकालाई नशालु पदार्थ मिसिएको फ्रुटी खान दिई बेहोस बनाएर राजविराजको शहीद दर्शनचोकबाट बैष्णवी काली मन्दिर नजिक रहेको कल्टुदास पोखरीको डिलमा लगेर बलात्कार गरेको आरोपित आसमानले स्वीकार गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी निरीक्षक सन्तोष खडकाले बताए ।

बलात्कारपछि आरोपितले बिहीबार राति १२ बजे घर नजिकै ल्याएर छाडेपछि बालिकाले रुदै घटनाबारे आमालाई बताएकी थिइन् । विक्षिप्त अवस्थामा रहेकी बालिकाले आरोपितको नाम, ठेगाना बताउन नसकिरहेका बेला सम्भावित व्यक्तिहरुको तस्वीर र फेसबुकबाट पीडितले पहिचान गरेपछि आरोपितलाई घरबाटै पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप