१२ बर्षदेखि फरार अभियुक्त बारा प्रहरीद्वारा पक्राउ
सोमबार, १६ भदौ २०७६, ०९ : ३९
बारा । जिल्ला प्रहरी कार्यालय बाराले कर्तव्य ज्यान मुद्धामा फरार रहेका एक जना अभियुक्तलाई १२ बर्षपछि पक्राउ गरेको छ ।
जिल्ला अदालत बाराले २०६४ साल बैशाख ५ गते कर्तव्य ज्यान मुद्धामा कसुर ठहर गरी ६ महिना कैदको फैसला गरेपछि फरार सुवर्णपुर गाँउपालिका– १ बस्ने शम्भु सहनीलाई प्रहरीले पक्राउ गरेको हो ।
फरार रहेका सहनीलाई २०७६ साल भदौ १३ गते लुकीछिपी बसेको अवस्थामा गाँउबाटै पक्राउ गरेको बाराका प्रहरी प्रवक्ता रंजित सिंह राठौरले जानकारी दिए ।
पक्राउ परेका सहनीलाई कैद भुक्तानीका लागि आइतबार वीरगञ्ज करागार पठाईएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । ।