आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

तीजको रमझममा श्रीमानले गरे श्रीमतीको हत्या

मङ्गलबार, १७ भदौ २०७६, १२ : २१
मङ्गलबार, १७ भदौ २०७६

बुटवल– रुकुम पश्चिममा गएराति तीजको नाँचगान र रमझम चलिरहेका बेला एक व्यक्तिले धारिलो हतियार  प्रहारबाट श्रीमतीको हत्या गरेका छन् । मुसिकोट नगरपालिका–३ गोगनपानीका  २७  बर्षीय नवीन खड्काले २७ बर्षीया श्रीमती कमला बुढाथोकी खड्काको हत्या गरेका हुन् । 

मदिरा सेवन गरेका खड्काले घरमा रहेको मासु काट्ने दाउ प्रहारबाट हत्या गरेको प्रहरीले जनाएको छ । 

 हत्यापछि लुकेर बसेका खड्कालाई राति नै पक्राउपछि अनुसनधान थालिएको रुकुम पश्चिमका प्रहरी प्रमुख डिएसपी सुमित खड्काले जानकारी दिए । खकमलाका ५ बर्षीय एक छोरा र ३ बर्षीया एक छोरी छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप