प्युठानमा १९ सवारी साधन कार्वाहीमा
मङ्गलबार, १७ भदौ २०७६, १४ : ४३
बुटवल– प्युठान जिल्ला प्रहरी कार्यालय र ट्राफिक प्रहरीले संयुक्त रुपमा राजमार्गमा सवारी साधन चेक जाँच गर्ने क्रममा १९ वटा सवारी साधनले ट्राफिक नियम पालन नगरेको पाइएपछि प्रहरीले कार्वाही गरेको छ ।
१ सय ७० वटा सवारी साधन चेक जाँच गरिएको र उक्त संख्याका सवारी साधन कार्बाहीका क्रममा १४ हजार राजश्व संकलन भएको त्यहाँका प्रहरी प्रमुख डिएसपी नरेन्द्र कार्कीले जानकारी दिए ।