आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

राप्रपा स्वाभिमान यात्राको तेस्रो चरणको कार्यक्रम स्थगित

मङ्गलबार, १७ भदौ २०७६, १६ : ०५
मङ्गलबार, १७ भदौ २०७६

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को तेस्रो चरणको स्वाभिमान यात्रा अन्तर्गत तेस्रो चरणको कार्यक्रम हाललाई स्थगित भएको छ । 

वर्षाका कारण राजमार्गमा अवरोध देखिएको र साना, ठूला यातायातका साधनहरु सहज ढंगबाट आवागमन गर्न असहज भएको हुँदा उक्त कार्यक्रम हाललाई स्थगित गरिएको प्रवक्ता सुशील कुमार श्रेष्ठले जानकारी दिए । 

राप्रपाले आगामी भाद्र २३ गते देखि २५ गतेसम्म सिन्धुलीबाट शुभारम्भ भई काभ्रेपलाञ्चोकमा समापन हुने गरी तेश्रो चरणको राष्ट्रिय स्वाभिमान यात्रा तय गरेको थियो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप